हिमाल सागर र स्मिता ढकालको आवाज रहेको गीत 'कल्लाई था छैन' सार्वजनिक भएको छ । यादब लम्सालको शब्द रहेको गीतमा अर्जुन पोख्रेलले सङ्गीत भरेका छन् भने एरेन्ज पनि उनले  नै गरेका हुन् । सोमबार गृष्मा म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरे फिचर्ड छन् । प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोमा लुकी लुकी हेर्ने र माया लाउन खोजे मायालुको बयान गरिएको छ । माया गर्ने मान्छे रुँदा रुने र हाँस्दा सँगै हाँस्ने गरेको सबैलाई थाहा हुने कुरा गीतले बोलेको छ ।

गीतको भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका हुन् भने नवराज उप्रेतीले खिचेका हुन् र विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा रेश्मा र पुष्पको जोडी निकै जमेको छ भने भिडियो निकै रचनात्मक र सुन्दर बनेको छ ।