चलचित्र 'छक्का पन्जा २' हलमा रिलिज भएको लामो समयसम्म पनि इन्टरनेटमा रिलिज नगरिँदा विभिन्न कारण बस हलमा हेर्न जान छुटेका दर्शकले निकै गुनासो गरिरहेका थिए । हलमा ब्लकबस्टर साबित भएको चलचित्र इन्टरनेटमा रिलिज नहुँदा दर्शक निराश देखिन्थे । त्यो लामो पतिक्षाको घडी आज सकिएको छ । चलचित्र सोमबार राती हाइलाईट्स नेपालको आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । रिलिज भएसँगै दर्शकले चलचित्र लाई लिएर निकै उत्साहित भएको प्रतिक्रिया दिइरहेका छन् । दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।