गायक सुनिल गिरीको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तराल पनि गायक गिरीले आफ्नै स्वर, शब् तथा सङ्गीतमा रहेको गीत बजारमा ल्याएका हुन् । ‘घरवाली’ बोलको उक्त गीतलाई एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।
म्युजिक भिडियोमा आरुषी मगर सँगै नृत्य समूह भीमफेदी गाइजले नृत्य गरेका छन् । भिडियोको निर्देशन र छायाङ्कन रुपेश थापाले गरेका छन् भने पवन सिम्खडाले सम्पादन र श्याम कुँवरले रङ्ग संयोजन गरेका छन् ।