साम्तेन भुटियाको निर्देशनमा निर्माण हुने चलचित्र ‘धुपौरे’मा  अहिलेका युवा स्टार अनमोल केसी फाइनल भएका छन् । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेनको नयाँ चलचित्रमा काम गर्न उनले सम्झौता गरिसकेका छन् । डार्क एक्सन-लभ स्टोरी जनरामा निर्माण हुने चलचित्रको तिहारपछि छायाङ्कन सुरु हुने जानकारी दिइएको छ । चलचित्रको मङ्गलवार दिउँसो लोगो सार्वजनिक गरिँदै छ । गत वर्ष ‘अनागत’ को एक कार्यक्रममा निर्देशक भुटियाले आफूले नयाँ फिल्म अनमोललाई अफर गरेको खुलाएका थिए अन्ततः ‘धुपौरे’ मा दुईबिच टिम अप भएको छ ।

चलचित्रमा अनमोलबाहेक अरू कलाकारको टुङ्गो लागेको छैन भने बाँकी कलाकारको छनोट प्रक्रिया सुरु गर्ने तयारी भइरहेको निर्देशक सामन्तेले बताएका छन् । अनमोलले चलचित्रको लागी ५० लाखको आसपासमा पारिश्रमिक बुझेको हल्ला बाहिरिए पनि निर्माण पक्षले कुनै आधिकारिक जानकारी दिएको छैन । साम्तेनको नयाँ चलचित्र ‘च च हुई’ आगामी मङ्सिर ६ गते प्रदर्शनमा आउँदै छ । सामन्तेले ड्रिम प्रोजेक्टको रूपमा लिएका छन् भने केही दिनमा उनले चलचित्रको आधिकारिक घोषणा गर्दै छन् ।