साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ प्रदर्शनको सँघारमा छ । अंकितले यसै चलचित्रबाट डेब्यु गर्दै छन् । असोज १० गतेबाट प्रदर्शनमा आउने ‘रातो टीका निधारमा’ प्रचार प्रसारको दौरानमा छ । यति बेला चलचित्रका यी दुई मुख्य कलाकार र टिम प्रचार प्रसारको दौडधुपमा छन् । रिलिजको लागि केही दिन मात्र बाँकी रहँदा 'रातो टिका निधारमा' टिमले कलेज/स्कुल यात्रा सुरु गरेको छ । सोमबार अंकितले पढेको काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलबाट यो यात्रा सुरु गरिएको हो । यसै क्रममा आज लिटल एन्जल्स स्कुल पुगेको टिमले विद्यार्थी र सम्पूर्ण स्कुलका सदस्यलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आह्वान गरे । चलचित्रका मुख्य अभिनेत्री साम्राज्ञी र अंकित लगायत रबिन्द्र झा र टिम स्कुल पुगेका थिए । यसै गरी एल.ए मा भेटघाट कार्यक्रम सकेर टिम प्रिमियर स्कुल पुगेका थिए । दसैँको अवसरमा स-परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गर्दै दसैँ खुसी साथ मनाउन शुभकामना दिए । अशोक शर्मा निर्देशित चलचित्रमा यस पटक सम्पूर्ण नेपालीको मन छुने कथा पस्केको र सबै नेपालीले हलसम्म पुगेर मनोरञ्जन लिने कुरामा आशा व्यक्त गरे ।

‘रातो टीका निधारमा’को स्कुल यात्रा: एल.ए र प्रिमियरमा अन्तर्कृया  ‘रातो टीका निधारमा’को स्कुल यात्रा: एल.ए र प्रिमियरमा अन्तर्कृया

अशोक शर्माले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ए .ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।