बलिउड अभिनेता सलमान खानको सफल चलचित्र 'किक' को दोस्रो पार्ट बन्ने भएको छ । किकको सफलतापछि नै 'किक २' बन्ने चर्चा सुरु भएको थियो तर लामो समयपछि निर्माता निर्देशक साजिद नाडियाडवालाले यसको स्क्रिप्ट तयार पारिरहेका छन् । जित, जुडवा, हर दिल जो प्यार करेगा, जानेमन र किकजस्ता पाँच चलचित्र एकसाथ गरिसकेका साजिद र सलमानको मित्रता निकै गहिरो छ र यो मित्रताले फेरी उनीहरूलाई अर्को चलचित्रमा काम गराउने भएको छ । सलमान खान एक पटक पुनः डेबिल (देवीलाल सिंह)को भूमिकामा देखिने छन् , दोस्रो भागमा उनको यही भूमिकालाई अघि बढाइने छ ।

'किक २'मा सलमानको अपोजिटमा ज्याकलिन फर्नान्डिज हुने छिन् भने यस पटक साजिदले निर्देशनको जिम्मा लिनेछैनन् उनको ठाउँमा अरू कोही हुनेछ । सन् २०२० को सुरुआतबाट छायाङ्कन सुरु हुने चलचित्र २०२१ मा रिलिज हुनेछ ।