निशान भट्टराई र नविता पौड्यालको स्वर रहेको गीत 'बरिलै' सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । मङ्गलवार युट्युबमा सार्वजनिक भएको गीतमा वर्षा राउत, एलिशा राई तथा ट्विन्स ब्वाइजको रूपमा सामाजिक संजालामा चर्चित अमर-अमृत दाहाल फिचर्ड छन् । भिडियोमा यी चार जनाको जोडी बाँधेर नचाउने काम सुरेन्द्र बसेलले गरेका हुन् भने जय शर्माको भिडियो कन्सेप्ट रहेको छ । जसलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् । भिडियोमा अमर र अमृतले वर्षा र एलिशालाई फकाउँदै छन् । भने फकाउन गाह्रै पर्ने भन्दै एलिशा र वर्षाले जिद्दी गरेका छन् । बिहेको पृष्ठभूमिबाट सुरु भएको गीतको भिडियो पुनः बिहेमा नै गरेर बिट मारिएको छ । जसले गर्दा भिडियो निकै रोचक र रमाइलो लाग्छ ।