हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)को आज जन्मदिन । उनले आफ्नो जन्मदिन मुसहर बालबालिकाको साथमा मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन् ।

मुसहर बालबालिका नियमित पढ्न थालेको र  उनीहरूलाई घरबाट खाजा लैजानका लागि समस्या भएपछि जन्म दिनमा हुने खर्चले टिफिन बक्ससँगै केही शैक्षिक सामग्री किनेर उनीहरूलाई उपाहार दिएको सुन्तलीले बताएकी छिन् । मुहसर बालबालिकाबाट पाएको सत्कार र सम्मानबाट आफ्नो जन्मदिन सफल भएको उनी बताउछिन् ।

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरहरुका लागि एकीकृत बस्ती हस्तारण गरेका थिए ।

उनीहरूकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए । त्यही परिर्वतनबाट प्रभावित भएर धुर्मुस सुन्तलीले मुसहर नमुना एकीकृत बस्ती निर्माण गरेका थिए ।