महानायक राजेश हमाललाई ‘ट्रिब्यूट दिइने भएको छ । हमालको फिल्मी यात्रा र सङ्घर्षलाई सम्मान गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको ‘ट्रिब्यूट टू राजेश हमाल’ कार्यक्रम असोज १२ मा हुने पक्का भएको छ । गत जेठमै आयोजना गरिने भनिएको कार्यक्रम विविध कारणले हुन पाएको थिएन । आयोजक संस्था साधना कला केन्द्र र लाइभ नेपालका अनुसार उनले नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्न लागिएको हो । असोजको १२ मा सोल्टी होटेलमा आयोजना हुने कार्य्रक्रमका लागी भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार नेपाल आउँदै छन् । अभिनेता हमालको फिल्मी यात्रासँग प्रत्यक्ष जोडिएका यी दुई गायकलाई सम्मान कै लागी नेपाल आमन्त्रण गरिएको आयोजकले जानकारी दिएको छ ।