लामो समयको प्रतीक्षा पछि इन्टरनेटमा रिलिज भएको चलचित्र 'छक्का पन्जा २' ट्रेन्डिङको नम्बर २ मा पर्न सफल भएको छ । चलचित्र रिलिज भएको दुई दिनमा करिब चौबिस लाखले हेरिसकेका छन् भने चौबिस हजारले प्रतिक्रिया दिएका छन् । दर्शकले मिश्रित प्रतिक्रिया दिएको चलचित्रमा ४३ हजारले लाईक, ८ हजार बढिले डिसलाईक गरेका छन् । हलबाट १४ करोड हाराहारीको ग्रस कलेक्सन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । यसै चलचित्रको निर्माण टिमको चलचित्र 'छ माया छपक्कै' असोज २४ गतेबाट प्रदर्शनमा आउँदै छ ।