विश्व भर करोडौँ फ्यान फलोअर्स भएका बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आयो भन्दा पत्याउनु हुन्छ ? अचम्म लाग्न सक्छ यी बलिउड सुपरस्टारलाई ‘स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी (सोपू)’ नामको समूहबाट धम्की आएको छ । सलमानलाई १९९८मा कालो हिरण मारेको मुद्दा लागेको छ । यही केशमा उनी २७ सेप्टेम्बरमा जोधपुर अदालतमा पेस हुँदै छन् । यो मितिमा उनी अदालत पेस भएनन् भने अदालतले जमानत खारेज गर्ने छ ।

यसै विषयमा आधारित रहेर सार्वजनिक गरिएको पोस्टमा भारतको कानुनबाट बचे पनि  बिश्नोई समाज र सोपु पार्टीको कानुनले मृत्युको सजाय सुनाइसकेको र सोपू अदालतमा सलमान दोषी भएको र उनले होस गर्नु पर्ने चेतावनी दिइएको छ । यो सँगै भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको र सलमानको सुरक्षामा अडाइ गरिएको बताइएको छ । सलमानलाई २०१८ सालमा कुख्यात ग्याङस्टार लोरेन्स बिश्नोईले ज्यान मार्ने धम्की दिएको थियो ।