असोज १०, शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टिका निधारमा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र लाई लिएर निर्देश अशोक शर्मा लगायत टिम निकै आशावादी रहेको छ । चलचित्रका गीत, सङ्गीत र ट्रेलरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका कारण पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । ‘रातो टिका निधारमा’ले मल्टिप्लेक्स हलमा उच्च शोज हात पारेको छ चलचित्रलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले राजधानी र मोफसल गरी ३४ शोज उपलब्ध गराएको छ । भने, विग मुभिजले ६, एफ क्युबले ५, बिएसआरले ६, सिने डी सेफले ५, क्युज सिनेमाजले ४, र पोखराको मिड टाउन ग्यालरीले ४ शोज बाँडेका छन् ।

चलचित्रमा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन्। ए ।ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।