नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकश श्रेष्ठ अभिनित चलचित्र ‘तिमीसँग’को पहिलो गीत सार्वजनिक भएको छ । ‘लडे लडे..समाउ मलाई’ बोलको उक्त गीत शुक्रवार साझ युट्युब मार्फत सार्वजनिक भएको थियो । मधुरा भट्टचार्यको स्वर, नरेश भट्टराईको शब्द र राहुल मुखर्जीको सङ्गीत रहेको उक्त गीतमा चलचित्रका मुख्य पात्र साम्राज्ञी र आकाशको अभिनय रहेको छ ।

 

भदौ ८ गते प्रदर्शन हुन लागेको चलचित्र ‘तिमीसँग’को केही समय अघि टिजर आउट भएको थियो । चलचित्रलाई कलाकार शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । ‘तिमीसँग’मा साम्राज्ञी र आकाशको साथमा नाजिर हुसेनको पनि मुख्य भूमिका रहेको छ ।