तीन वर्षको लामो प्रेम सम्बन्धलाई अभिनेत्री विनीता बरालाले ४ महिना अगाडि वैवाहिक सम्बन्धमा परिणत गरेकी थिइन् । यति बेला अमेरिकामा रहेकी उनले सर्प्राइज!! भन्दै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी छिन् । उनले बिहीबार बिहान फेसबुकमा दुई तस्बिर साझेदार गर्दै आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । उनले ‘लिटिल विनीता’ आउँदै छिन् भन्दै खुसी व्यक्त गरेकी छन् । उनको खुसीमा शुभचिन्तकहरूले बधाई र शुभकामना दिइरहेका छन् । ५ वर्ष अगाडि प्रदर्शनमा आएको सुपर हिट चलचित्र ‘चपली हाइट’ बाट चर्चामा आएकी विनीता केही समय यता अभिनयबाट टाढा छिन् । केही वर्ष तरकारी खेतीमा लागेकी उनी अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । र उतै प्रेमी तिलक पौडेलसँग बिहे गरेकी थिइन् ।