राष्ट्रिय नवदुर्गा सम्मानबाट नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्ददेखि अहिलेका चल्तीमा रहेका नौ अभिनेत्रीलाई सम्मान गरिने भएको छ । राष्ट्रिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी नेपालकै पहिलो चलचित्र ‘आमा’का अभिनेत्रीहरू भुवन चन्द तथा वसुन्धरा भुसाल, गौरी मल्ल, करिष्मा मानन्धर, नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइँटेल एवं स्वस्तिमा खड्कालाई सम्मान गरिने छ । विशिष्टलाई कदर तथा नयाँहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले एकै मञ्चमा यी विभिन्न कालाखण्डका अभिनेत्रीहरूलाई विभूषित गर्न लागिएको आयोजकहरू मध्ये एक सहिद फिल्मकी विमना केसीले बताएकी छिन् । सांस्कृतिक प्रस्तुति दिनका लागि एलिशा राई, अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, गम्भीर विष्ट, गजित विष्ट, पवित्रा आचार्य लगायतका कलाकार रहेका छन् ।

राष्ट्रिय नवदुर्गा सम्मान सहित वृहत् सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । सम्मान तथा सांस्कृतिक प्रस्तुति आकर्षक हुने विश्वास आयोजक संस्था मध्ये एक रेजीना फिल्मस् की रेजीना उप्रेतीले बताइन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सरकारका उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेल रहने छन् ।