पाँच वर्ष अघि निर्माण भएको बलिउड चलचित्र ‘एक भिलेन’मा रितेश देशमुख खलपात्रको भूमिकामा देखिएका थिए भने सिद्धार्थ मल्होत्रा नायकको भूमिकामा थिए । उक्त चलचित्रमा हिरो भिलेनको उक्त जोडी निकै रुचाइएको थियो । सोही जोडी चलचित्र ‘मरजावाँ’मा देखिँदै छन् । बिहीबार मात्रै चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्व समेटिएको छ । मिलाप जावेरीको लेखन तथा निर्देशनमा बनेको द्वन्द्व प्रधान चलचित्रमा रितेश र सिद्धार्थको टकराब देखिनेछ । यसमा पनि रितेश खलपात्रको भूमिकामा देखिँदै छन् । ‘मरजावाँ’मा रितेश र सिद्धार्थ बाहेक तारा सुतारिया र रकुल प्रित सिंहलगायत पनि मुख्य भूमिकामा देखिँदै छन् । चलचित्र नोवेम्बर ८ देखि विश्वभर प्रदर्शनमा आउँदै छ ।