राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोशनल गीत सार्वजनिक भएको छ । यो वर्षको हिट तीज गीत 'बिच बिच'लाई छ माया छपक्कैको स्वरूपमा ढालिएको हो । गीतमा शब्द, सङ्गीत र स्वर दुर्गेश थापाकै रहेको छ । शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको गीतको भिडियो मा गायक, सङ्गीतकार तथा रचनाकार दुर्गेश थापा सहित 'छ माया छपक्कै'का मुख्य कलाकारहरू दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । कमेडी भाव समेटिएको गीत र भिडियो निकै रचनात्मक र रमाइलो बनेको छ ।
यही असोज २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । रोहित अधिकारीले निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलावा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।