बलिउड अभिनेता अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डेलगायतको धमाकेदार कमेडी फिल्म 'हाउसफुल' सफल कमेडी चलचित्रमा गनिन्छ । यसै चलचित्रको ३ वटा सिरिज निर्माण भैसकेका छन् र सबैलाई दर्शकको माया मिलेको छ । बलिउडको हिट सिरिज मध्यको एक ‘हाउसफुल’को चौथो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । फरहाद समजीले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरमा ६ सय वर्ष पहिलेको कथालाई वर्तमानसँग जोडिएको छ ।

यसर्थ चलचित्रका प्राय मुख्य कलाकारको पुनर्जन्म भएको हुन्छ । सार्वजनिक ट्रेलरले चलचित्र भरपुर मनोरञ्जनात्मक रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डेका साथमा नयाँ सदस्यको रूपमा बबी देओल , कृति सानोन , पूजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती , नवाजुदीन सिद्दिकी भित्रिएका छन् । चलचित्र अक्टोबर २४ मा रिलिज हुँदै छ ।