चलचित्र ‘संरक्षण’को पहिलो आइटम गीत सार्वजनिक भएको छ । ‘किशोरी लाल’ बोलको उक्त गीत शुक्रवार युट्युब मार्फत सार्वजनिक भएको थियो । मधेश आन्दोलनलाई केन्द्रित बनाएर तयार भएको चलचित्र ‘संरक्षण’मा भोजपुरी आइट गीत समावेश गरिएको छ । उक्त गीतमा रितिका प्र्रमेश्वरा, प्रभाष मल्लिक र प्रेम प्रकाश करनको आवाज रहेको छ भने रोशन जनकपुरीको शब्द रहेको छ । सार्वजनिक गीतमा प्रभाष मल्लिकले सङ्गीत दिएका छन् भने गीतको मिक्सिङ मुम्बईमा गरिएको हो । गीतमा नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।
पुर्णेन्दु झाको निर्देशन रहेको चलचित्र संरक्षणलाई नरेन्द्र महर्जन, प्रदिप कुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहले निर्माण गरेका हुन । चलचित्रमा रमेश रन्जन र निर्देशक झाको लेखन रहेको छ । साउन २७ मा प्रदर्शन हुने चलचित्रमा निखिल र सौगातको साथमा प्रमोद अग्रहरी, अशिष्मा नकर्मी, मलिना जोशी, कामेश्वर कुमार, राज कटुवाल लगायतका कलाकारको अभिनय रहेको छ ।