कार्तिक २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’को गीत सार्वजनिक भएको छ । भुवन केसी र रीमा विश्वकर्मा स्टारर चलचित्रको लिरिकल गीत इन्टरनेटमा रिलिज गरिएको हो । दसैँ लक्षित गीत ‘हे मेरा परदेशी दाजु भाइ’ले विदेश गएका नेपालीहरूको कथा भनेको छ । गीतमा हेमन्त कान्छा रसाइलीको स्वर, देव भुसालको शब्द तथा सुवास भुसालको सङ्गीत छ ।
चलचित्रमा भुवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रीमा विश्वकर्मा, नन्दु श्रीवास्तवका अलावा डेव्यु कलाकार साहिल श्रेष्ठ र कुसुम राउतलगायतको पनि मुख्य भूमिका रहेको छ । देव भुसालको कथा, पटकथा तथा निर्देशनमा तयार भएको मिस्टर नेपालीलाई प्रेमराज दाहालले निर्माण गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायाङ्कन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।