नेपाल आइडलबाट चर्चामा आएका गायक कृशल कँडेल र गायिका एलिना चौहानको गीत 'म रिसाउँदा' सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको छ । यसै गरी गीतमा सङ्गीत संयोजन पनि अर्जुनकै रहेको छ । रिसाउँदा फकाउने अनि दुखी हुँदा हँसाउने मायाबाट कहिल्यै टाढा नहुने र टाढा भए पनि मनमा कसैलाई नराख्ने भाव बोकेको गीतमा कृशल र एलिनालाई नै फिचर्ड गरिएको छ । गीतमा सरोजले गितार र सञ्जीव मैनाली बाँसुरी बजाएर साथ दिएका छन् । गीत द डिभाइन म्युजिकको युट्युब च्यानलबाट शुक्रवार सार्वजनिक गरिएको हो ।