गत हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । कार्यक्रम सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज, यिनै बिच नेपाली रजतपटको हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ, यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।  
चर्चित गीत 'मन विनाको धन' ले बाल गायक अशोक दर्जीलाई सबैका सामु परिचित गरायो । यसै गीतले उनको नेपाली गीत सङ्गीत क्षेत्रमा उज्यालो भविष्य रहेको प्रमाणित गरिदियो । उनलाई सफलताको बाटोमा डोर्‍याउने गायक सङ्गीतकार टंक बुढाथोकीले गीत 'मन विनाको धन'को भाग २ लिएर आएका छन् । गीत शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ ।

 

नेपाली रजतपटका सात दिन तस्बिरमा

यही शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'रातो टिका निधारमा'  टिमले मङ्गलवार त्रिनेत्र फाउन्डेसनका दृष्टि विहीन बालबालिका सँग दसैँको शुभकामना आदानप्रदान तथा उपहार वितरण कार्यक्रम सम्पन्न गरेका थिए । टिमले त्यहाँ दसैँको टिका र जमरा लगाएर खुसीको माहौल छरेको थियो । फेसबुक ग्रुप 'डब्लु आर आर' र 'रातो टिका निधारमा'को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा १५ जना दृष्टिबिहिनहरुलाई लुगा प्रदान गर्नुका साथै खाना पनि खुवाइएको थियो । कार्यक्रममा चलचित्रका साम्राज्ञी आरएल शाह र अंकित शर्मा लगायत टिम उपस्थित थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टिका निधारमा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई लिएर निर्देशक अशोक शर्मा लगायत टिम निकै आशावादी रहेको छ । चलचित्र प्रदर्शनको पहिलो दिन बिहानी सो पत्रकारलाई देखाइएको थियो जसमा चलचित्र टिमले प्रशंसा पायो । चलचित्रले उठाएको कन्टेन्टलाई सञ्चारकर्मी लगायत उपस्थित पाहुनाहरूले रुचाए । 

साङ्गीतिक रियालिटी सो ‘नेपाल आइडल’ पहिलो सिजनका प्रतिस्पर्धी सुरज थापाको स्वरमा चलचित्र ‘काले दाइ’को गीत ‘यो दुनियाँ मेरो लागि’ बोल सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा पवनवाङ लामाको सङ्गीत भरेका छन् ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा रेकर्ड तोड व्यापार गरिरहेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्ने दर्शकको भिड दोस्रो हप्तामा प्रवेश गर्दा पनि घटेको छैन । बलियो वर्ड अफ माउथले गर्दा चलचित्रलाई दर्शकको राम्रो साथ मिलिरहेको हो । चलचित्रले पहिलो हप्तामा ७.३८ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रबारे प्रतिक्रिया लिन चलचित्रका मुख्य कलाकार हलसम्म पुगिरहेका छन् । यसैबिच प्रदर्शनको दोस्रो हप्ता सुरु हुँदा कलाकार द्वय उपासना सिंह र बुद्धि बिग मुभिज मा दर्शकको प्रतिक्रिया लिन पुगेका थिए । 

साम्राज्ञी आरएल शाह र अंकित शर्मा अभिनीत चलचित्र ‘रातो टीका निधारमा’ले प्रदर्शनको सँघारमा हुँदा प्रचारप्रसारको लागी विभिन्न माध्यम हरू अपनायो । यसैबिच चलचित्रका मुख्य कलाकार साम्राज्ञी र अंकित सहित निर्माण टिमले कलेज स्कुल यात्रा सुरु गरेको थियो । सोमबार अंकितले पढेको काभ्रेको पनौती स्थित मल्पी इन्टरनेशनल स्कुलबाट यो यात्रा सुरु गरिएको थियो भने । यसै क्रममा टिम मङ्गलवार लिटल एन्जल्स स्कुल पुगेको टिमले विद्यार्थी र सम्पूर्ण स्कुलका सदस्यलाई चलचित्र हेरेर प्रतिक्रिया दिन आह्वान गरेको थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

'नेपाल आइडल सिजन ३' को वर्ल्ड टुरको आधिकारिक घोषणा सम्पन्न भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा एउटा नयाँ र फरक सुरुवात गरेको साङ्गीतिक रियालिटी सो नेपाल आइडलले सफलता पूर्व आफ्ना दुई सिजन सम्पन्न गरिसकेको छ र यति बेला तेस्रो सिजनको तयारीमा छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपिवान एचडीको तर्फबाट जिएम लक्ष्मी प्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै टप ३ को ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा