निर्देशक अलि अब्बस जफरले निर्माण गर्न लागेको चलचित्र ‘खाली पिली’मा बलिउड नायक ईशान खट्टर र नायिका अनन्या पाण्डे एकसाथ देखिने भएका छन् । पछिल्लो समय ईशान र अनन्यालाई दर्शकले राम्रो साथ दिइरहेका छन् भने उनीहरूको फ्यान फलोइङ लोभ लाग्दो छ । ईशान चलचित्र ‘धडक’ बाट चर्चामा आएका हुन् भने  अनन्याले ‘स्टुडेन्ट अफ दि इयर २’बाट डेब्यु गरेकी थिइन् । आफ्नो चलचित्रमा जवान कलाकारहरू चाहिएकोले ईशान र अनन्यालाई रोजेको निर्देशक जफरले बताएका छन् ।

हालै एक भारतीय मिडियालाई दिएको अन्तरवार्तामा अनन्याले ईशानको कामको तारिफ गरेकी छिन् भने आफू ईशानसँग काम गर्न इच्छुक रहेको बताएकी थिइन् ।