साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जवानी' बोलको गीतमा निर्देशक भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने रोशन थापा र सुमन गुरुङको स्वर रहेको छ । गीतमा सङ्गीत पनि रोशनकै रहेको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्माले कम्मर मर्काएका छन् । गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । रोमान्टिक कमेडी जनरमा निर्माण भएको चलचित्रमा आर्यनका साथमा भोलाराज सापकोटा , मिरुना मगर , माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय रहेको छ ।

एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । यसै गरी चलचित्रमा सुशन प्रजापतिको छायाङ्कन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज सिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको सङ्गीत रहेको छ । ‘च च हुई’ आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने छ ।