सन् २०१३मा रिलिज भएको निगम श्रेष्ठको चलचित्र 'छड्के'को सिक्वेल बन्ने भएको छ । निगम श्रेष्ठले नै निर्देशन गर्ने चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ । यति बेला चलचित्रको प्रि-प्रोडक्सनको काम भइरहेको छ । चलचित्रलाई नेगेटिभ बुद्ध र रस ताण्डवले निर्माण गर्दै छन् । २०७७ को दसैँ लाई रिलिज मिति टार्गेट गरेको 'छड्के'का लागी कलाकार लगायत कास्ट एन्ड क्रु फाइनल भैनसकेको र फाइनल गरी केही दिनमा निर्माण पक्षले सार्वजनिक गर्ने बताएको छ ।
चलचित्रको अघिल्लो भागमा सौगात मल्ल, नम्रता श्रेष्ठ, दयाहाङ राई, रविन तामाङ, विपिन कार्की, अर्पण थापा, कामेश्वर चौरसियालगायतको अभिनय थियो । जसलाई दर्शकले निकै रुचाएका थिए ।