आगामी कात्तिक १५ गते प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'बादशाह जुट'को ट्रेलर सार्वजनिक भएको छ । जोनी सिंह रानाको कथा र निर्देशनमा बनेको चलचित्र ‘बादशाह जुट’को सोमबार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । अभिनेता सुशील श्रेष्ठ स्टारर चलचित्रले आफूलाई बादशाह सम्झने दुई युवकको कथा रहेको छ । ट्रेलरका अनुसार सुशील पत्रकारको भूमिकामा छन्, जो चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो नेम र फेम कमाउन चाहन्छ । तर उनका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ ।

चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।