यशराज फिल्म्सले निर्माण गरेको चलचित्र ‘मर्दानी’ लाई दर्शकले निकै मन पराएका थिए । चलचित्रकी लिड अभिनेत्री रानी मुखर्जिकै मुख्य भूमिकामा यसको सिक्वेल निर्माण भएको छ । सिक्वेलमा अभिनेता चंकी पाण्डेका भतिजा आहान पाण्डेसँग रानी देखिनेछिन् । आहान यसै चलचित्र मार्फत बलिउडमा डेब्यु गर्दै छन् । भने उनलाई सम्भावना भएको कलाकारको रूपमा हेरिएको छ । चलचित्रमा रानीलाई एक्सन अवतारमा दर्शकले देख्न पाइनेछ भने उनले निडर पुलिस अफिसरको भूमिका निभाएको बुझ्न सकिन्छ ।  चलचित्र आउँदो डिसेम्बर १३ मा फिल्म रिलिज हुने घोषणा गरेको छ । यसको टिजर बुधवार रिलिज हुने फिल्म ‘वार’ सँग हलमा समेत हेर्न पाइनेछ ।