गायक सत्य राज आचार्य र स्वरूप राज आचार्यको गीत ‘ए सानी’ सार्वजनिक भएको छ । गीतमा शेखर कोइरालाको शब्द रहेको छ भने गायक सत्य र स्वरूपकै सङ्गीत रहेको छ । गीतमा सङ्गीत संयोजन रिकेश गुरुङले गरेका छन् । सोमबार युट्युबमा सार्वजनिक भएको गीतमा गजित बिस्ट, गम्भीर बिस्ट र समीक्षा फिचर्ड छन् । भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन् । नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । गीतमा गजित र गम्भीरले समीक्षालाई मन पराएका हुन्छन् भने दुवै उनलाई फकाउन तत्पर देखिन्छन् ।