यस वर्षको प्रतीक्षित बलिउड चलचित्र 'वार' भोलि बुधवार बाट प्रदर्शनमा आउँदै छ । सामान्यतया नेपालमा शुक्रवार नयाँ चलचित्र प्रदर्शनमा आउँछन् तर ऋतिक रोशन र टाइगर श्राफ स्टारर यस चलचित्र वर्ल्ड रिलिजको दिनमै नेपालमा रिलिज गर्न लागिएको हो । पहिलो पटक ऋतिक र टाइगर अभिनीत चलचित्रको धेरै पहिलेदेखि प्रतीक्षा दर्शकले गरिरहेका थिए । चलचित्रको लागी नेपालका मल्टीप्लेक्सहरुमा एडभान्स बुकिङ खुल्ला भएको छ । बुकिङ खुलेसँगै फिल्मको टिकट आक्रामक रूपमा विक्री भइरहेको छ । सम्भवतः मङ्गलवार साँझसम्म नेपालका अधिकांश मल्टीप्लेक्समा टिकट बिक्री भइसक्नेछन् । 'वार'ले नेपालका मल्टीप्लेक्सहरुमा सर्वाधिक सोज हात पारेको छ ।

नेपालको सबैभन्दा ठुलो र स्तरीय मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर छरिएका आफ्ना ९ स्टेसनमा फिल्मलाई बुधवारका लागि कूल ५२ सोज बाँडेको छ । सिडिसी सिनेमाज, विएसआर र क्यूज सिनेमाजमा समान्तर ८८ सोज पाएको फिल्मले बिग मुभिजमा १० सोज हात पारेको छ । त्यस्तै, एफक्यूबले फिल्मलाई १३ सोज बाँडेको छ । नेपालका मल्टीप्लेक्सले उपलब्ध गराएको सोज हेर्दा ‘वार’ ले बक्सअफिसमा आक्रामक व्यापार गर्ने देखिन्छ । जसले नेपाली चलचित्रको व्यापारमा ठुलो असार पर्ने देखिन्छ ।