गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा वसन्त सापकोटाको सङ्गीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् । सङ्गीतकार वसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रवीण सिंहको करियोग्राफी रहेको छ । नवराज ज्ञवालीले छायाङ्कन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य सहायक निर्देशकको रूपमा रहेका छन् ।