गायक बिनय केटुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । करिब एक दशक देखि नेपाली गीतसंगीतमा सक्रिय गायक केटुले हालै ‘गाजलु’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका हुन् । आरोही–२ एल्बममा समावेश ‘गाजलु’ गीतमा शब्द विजय थापाको रहेको छ भने सङ्गीत गायक स्वंयमको रहेको छ ।

 

सञ्चारकर्मी एवं निर्देशक राजकुमार लामिछानेको निर्देशनमा तयार भएको भिडियोमा सुनिल क्षेत्री र उनको डान्सर ग्रुप ‘नेपाली ठिटोज्’ तथा एलिशा राईको अभिनय रहेको छ ।भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।