मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल फिचर्ड छन् ।रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।

गितको कोरियोग्राफी एकेन्द्र सारा संसारले गरेका हुन् । चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ ।

सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।