केही समय अघि चलचित्र 'विर विक्रम २' लिएर युरोप लगायत विभिन्न देशको यात्रा गरेकी नायिका वर्षा सिवाकोटीले केही दिन पहिले चलचित्र 'लक्का जवान' को छायाङ्कन सकिन् । चलचित्रको छायाङ्कन सकेर फुर्सदको समय पाएकी उनी यति बेला आफ्नो निकट सम्बन्धमा रहेका व्यक्तिसँग छुट्टी मनाउन अमेरिका पुगेकी छिन् । एक हप्ता अघि अमेरिका पुगेकी वर्षा अमेरिकाका विभिन्न सहर घुमिरहेकी छिन् । अमेरिका निवासी सबिन जङ्ग थापासँग उनले निकै खुसीका साथ समय बिताइरहेको सबिनले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

बुझिए अनुसार वर्षा र सबिन यति बेला एक अर्काको प्रेममा डुबिरहेका छन् । सबिनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा दुई जनाको प्रेमिल तस्बिर तथा भिडियो सार्वजनिक गरेका छन् । वर्षा र सबिन दुवैले प्रेम सम्बन्धका विषयमा केही सार्वजनिक नगरे पनि छिट्टै नै उनीहरू वैवाहिक सम्बन्धमा बाँधिने हल्ला बाहिरिएको छ । वर्षाको पारिवारिक श्रोतले अबको एक डेढ वर्षमा वर्षा वैवाहिक सम्बन्धमा बाँधिने खुलाइएको थियो तर उनको प्रेम सम्बन्ध र प्रेमीबारे कसैले मुख खोलेका छैनन् ।