बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ स्टारर चलचित्र ‘वार’ ले बक्स अफिस निकै तताइरहेको छ । चलचित्र प्रदर्शनको तीन हप्तामा तीन सय करोडको कलेक्सन गर्न सफल भएका छन् । योसँगै यस चलचित्र २०१९ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्न सफल भएको छ । पहिलो पटक ऋतिक र टाइगरले स्क्रिन सेयर गरेको यस चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।  यस चलचित्रले ‘कबिर सिंह’ को २ सय ७८ करोडको कलेक्सनलाई उछिन्दै ‘वार’ भारतको सबैभन्दा धेरै कमाउने फिल्मको लिस्टमा सामेल भएको छ । 'वार'ले ५३ करोड ३५ लाखको ओपनिङ गरेकी थियो । साथै प्रदर्शनको तीन दिनमा सय करोड कमायो भने एक हप्तामा २ सय करोड कमाएर सलमान खानको ‘भारत’ को रेकर्ड समेत ब्रेक गर्‍यो । टाइगरको तीन सय करोड क्लबमा इन्ट्री हुने पहिलो फिल्म ऋतिकको करिअरको हाइएस्ट ओपनर हो ।