गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । हिन्दुहरूको महान् चाड दसैँ ले गर्दा केही विश्राम लिएको नेपाली चलचित्रको बजार गएको हप्ता उल्लासमय नै बन्यो । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । गत हप्ताबाट वर्षको बहुप्रतिक्षित चलचित्र 'छ माया छपक्कै' प्रदर्शनमा आयो र आशा गरे अनुरूप चलचित्रलाई दर्शकले साथ पनि दिइरहेका छन् । यसै गरी यो हप्ता पनि नेपाली कलाकार र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।     
निर्देशक तथा अभिनेता निश्चल बस्नेतका प्रशंसकहरूले आगामी चलचित्र ‘घामड शेरे’लाई उनका फ्यानहरूले निकै कुरिरहेका छन् । चलचित्र को प्रदर्शन मिति नजिकिँदै जाँदा शनिवार राजधानी स्थित ‘स्टेसन ५’ परिसरमा उनले आफ्ना शुभचिन्तक हरूसँग भेट गरेका छन् ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ को चौथो संस्करण अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यस अवार्ड यस अघि का तीन संस्करण पनि अमेरिका नै आयोजना भएको थियो । आइतबार अवार्डको घोषणा गर्दै नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म आयोजना हुने जानकारी दिइयो । 
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमा ‘घामड शेरे’को ट्रेलर रिलिज भएको छ । हेमराज बिसी निर्देशित चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । चलचित्र कार्तिक ८ गतेबाट देश व्यापी रूपमा प्रदर्शनमा आउँदै छ ।  

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

छायाँकार हरि हुमागाईंद्वारा निर्देशित सिनेमा ‘सरौतो’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा सुमी मोक्तानको मुख्य भूमिका रहेको छ । कार्यक्रममा उपस्थित खाने पानी मन्त्री बिना मगरले चलचित्रले महिला सशक्तीकरणमा प्रमुख भूमिका खेल्ने आशा व्यक्त गरिन ।   

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ दर्शकको मन जितिरहेको छ । राजनैतिक विषयमा बनेको चलचित्रलाई दीपेन्द्र लामाको निर्देशन गरेका हुन् । चलचित्रले राजधानीमा विशेष सो आयोजना गरेको थियो जसमा कला कर्मीदेखि शीर्ष नेताहरूको बाक्लो उपस्थिति थियो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )

निर्माणाधीन चलचित्र 'धुपौरो' को लागी मुख्य अभिनेता अभिनेत्री को लागी अडिसन सम्पन्न भएको छ । नयाँ र चरित्र सुहाउँदो कलाकारको खोजी गर्दै निर्माण पक्षले अडिसन लिएको हो ।  

हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ ले नेपाली टेलिसिरियललाई निकै राम्रो उचाइमा पुर्‍यायो । लामो समय अघि प्रसारण भएको यस टेलिसिरियलका प्रसङ्ग र कलाकारको अभिनय आज पनि अधिकांश नेपालीको मनमा बसेको छ । यसै हास्य टेलिसिरियलको नाममा चलचित्र निर्माण हुने भएको छ । यसै सिरियलबाट निकै चर्चा कमाएका कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र निर्देशन गर्न लागेका छन् ।

नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा ) नेपाली रजतपटका सात दिन तस्बिरमा (फोटो कथा )