नेपाली चलचित्र ‘वीराङ्गना’को शुभमुर्हत गरिएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम बिच चलचित्रको शुभमुर्हत गरिएको थियो ।
राजबाबु सानेको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘वीराङ्गना’ नेपाली महिला लडाकुहरुको वीरता र बहादुरीको साथै लभ, एक्सन तथा पारिवारि कथा र व्यथामा आधारित रहेने निर्माण पक्षले जनाएको छ ।
फोर्थ आई मुभिजको ब्यानरमा बन्न लागेको चलचित्रमा शिल्पा पोखरेल, अनुप विक्रम शाही, पृथ्वी राज प्रसाई, धिरेन शाक्य लगायतको कलाकारको अभिनय रहने छ ।
चलचित्रमा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियारको लगानी रहेको छ । सह निर्माताको रुमा देव तामाङ र सुमी चाम्लिङ राई रहेका छन् । हरि घलेको लामाको छायाङ्कन रहने चलचित्रमा दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको सङ्गीत रहने छ ।