कर्मा शेर्पाको आवाजमा रहेको गीत 'यानी माया' सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा सङ्गीत रहेको गीत मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा मरिष्का पोखरेल र गणेश जङ्ग राजभण्डारी फिचर्ड छन् । गीतमा एकतर्फी प्रेम गर्ने प्रेमीको मनको भाव समावेश गरिएको छ । रोमान्टिक शैलीमा बनेको गीतको भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । गीतमा फणिन्द्र राईको संयोजन रहेको छ । बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।