यही असार २३ गतेबाट  प्रदर्शनमा आउन लागेको चलचित्र ‘धनपति’ युट्युबमा रिलिज नहुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल युट्युबको क्रेज बढ्दै गइरहेको अवस्थामा चलचित्र धनपति भने युट्युबमा रिलिज नगर्ने निर्माण पक्षले जनाएको  छ ।

चलचित्र निर्माण पक्षले ‘धनपति’ हेर्न हलसम्म पुग्नु पर्ने विज्ञप्ति जारी गरेको छ । ‘पशुपति प्रसाद’ निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘धनपति’ समाजिक तथा राजनीतिक कथावस्तुमा निर्माण भएको कारण युट्युबमा रिलिज नगर्ने बताइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको ‘धनपति’ यस वर्षको प्रतिक्षित चलचित्रमा पर्दछ् । अभिनेता खगेन्द्रले ‘पशुपति प्रसाद’ प्रदर्शन भएको लामो समयको अन्तराल पछि ‘धनपति’ गर्दैछन् । अहिले चलचित्रका टिम धनपति प्रदर्शनको लागी अमेरिकामा छन् । २२ गते चलचित्रको प्रिमियरको लागी उक्त दिन बिहान टिम नेपाल फर्किने छन् । रोजिना सिटौलाको निर्माणमा तयार भएको चलचित्रमा ओम गुरुङ, रजना नापित र समीर देवकोटाको लगानी रहेको छ ।