‘सूर्य इन्टरनेशनल अवार्ड' को दोस्रो शृङ्खलामा टप ३ मा पर्न सफल प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ । राजधानी स्थित एपीएफको मुख्यालय हल चोकको हलमा सार्वजनिक गरिएको टप ३ समारोहमा एपीएफ प्रमुख शैलेन्द्र खनाल , चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई , निर्माता सङ्घका वरिष्ठ उपाध्यक्ष माधव वाग्ले , कलाकार प्रशान्त ताम्राकार , श्वेता खड्का , भुवन केसी , किरण केसी , सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने , निर्देशक दीपेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो । टप ३ लाई प्रमाण पत्र वितरण समारोहमा बोल्दै शैलेन्द्र खनालले नेपाली फिल्मको टेवामा यस्ता कार्यक्रमले सहयोग गर्ने बताएका छन् । अवार्ड मार्फत थोरै भए पनि नेपाली फिल्मलाई टेवा पुगोस् भन्ने उद्देश्यका साथ यसको सुरुवात गरेको आयोजक वासुदेवले बताए ।
फिल्म र म्युजिक विधामा रहेर अवार्ड आयोजना गरिने र अघिल्लो वर्ष भन्दा झनै भव्य बनाउने उनले बताए । कार्यक्रममा आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो । यस पटक ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ । नोमिनेशनलाई परेकालाई आयोजककै व्यवस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी दिइयो । अवार्ड अगाडी जापानमा साताव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिने र स्थानीय मिडियाकर्मीसंगको भेटघाट , फिल्म र पर्यटन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू राखिने तथा पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडिया कर्मी सहभागी हुने समेत जानकारी कार्यक्रममा दिइयो । अवार्ड समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका फिल्म कर्मी नीर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशक लामो फिल्मी यात्रा तय गरेका फिल्म कर्मीलाई फिल्म कर्मी सम्मान , एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ । दर्ता आव्हान गरिएको मितिसम्ममा दर्ता भएका फिल्म मध्येबाट टप ३ लाई छनौट समितिले पपुलरको आधारमा सार्वजनिक गरेको हो ।
अवार्ड समारोहमा क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक , अभिनेता र अभिनेत्रीलाई पनि अवार्ड प्रदान गरिनेछ । यी हुन् नोमिनेशनमा परेका चलचित्र, गीत सङ्गीत र कलाकार :
फिल्म विधा
१ फिल्म
प्रसाद – सुभाष थापा फिल्म प्रोडक्सन
छक्का पन्जा – आमा सरस्वती मुभिज
ए मेरो हजुर ३ – सुहाना इन्टरटेनमेन्ट
२ निर्देशक
मिलन चाम्स – बोबी
झरना थापा – ए मेरो हजुर ३
दीपा श्री निरौला – छक्का पन्जा ३
३ अभिनेता
बिपिन कार्की – प्रसाद
अनमोल केसी – क्याप्टेन
प्रदीप खड्का – लभ स्टेसन
४ अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
साम्राज्ञी आरएल शाह – काइरा
पूजा शर्मा – रामकहानी
५ सह अभिनेता
केदार घिमिरे – छक्का पन्जा ३
सलोन बस्नेत – यात्रा
बुद्धि तामाङ – जय भोले
६ सह अभिनेत्री
वर्षा राउत – गोपी
सन्ध्या केसी – पण्डित बाजेको लौरी
नीरुता सिंह – नाई नभन्नु ल ५
म्युजिक विधा
१ पप गायक
कमल खत्री – तिम्रो मायाले
सञ्जीव पराजुली – कर्के नजर
दीपक बज्राचार्य – मन मगन
२ पप गायिका
१ टिका प्रसाईँ – कर्के नजर
२ इन्दिरा जोशी – रेलिमाई
३ त्रिशाला गुरुङ – यो मन
३ आधुनिक गायक
हेमन्त शर्मा – बरिखा
युवराज चौलागाई – लट्टर पट्टर
राजेश पायल राई – दर्शन नमस्ते ४
४ आधुनिक गायिका
मेलिना राई – पिरिम नलाउने
अन्जु पन्त – नरुनु है
प्रविशा अधिकारी – तिमी बिना
५ लोक गायक
१ कुलेन्द्र बिक – सालको पात
२ खुमन अधिकारी – १४ अञ्चल ससुराल
३ पशुपति शर्मा – गाह्रो हुन्छ फेरी
६ लोक गायिका
१ सम्झना लामिछाने मगर – आउन माया नाचिदेऊ
२ मञ्जु पौडेल – गाह्रो हुन्छ फेरी
३ विष्णु माझी – सालको पात