गायक दुर्गेश थापाले देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोप सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेपछि माफी माग्दै गीत ‘ह्याप्पी तिहार’ युट्युबबाट हटाएका थिए । तर थापाले प्रहरी नियन्त्रणबाट छुटे लगत्तै ‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमा हालेका छन् । गीतमा प्रयोग भएको गाँजा र बियर शब्द म्युट गर्नुका साथै ‘ह्याप्पी तिहार, चिसो बियर’ भन्ने अंश हटाएर उनले गीत पुनः अपलोड गरेका हुन् । अपलोड गरिएको नयाँ भर्जनको गीत को शीर्षक ‘डन आयो डन’ राखेका छन् । गीतमा, धुमपान, मादक पदार्थ, लागू औषध सेवन गर्न प्रोत्साहन गरेको आरोप लागेको थियो र यसबारे बुझ्न अपराध महाशाखाको टोलीले मङ्गलवार पक्राउ गरेको थियो ।