यति बेला गीत सङ्गीतमा अश्लील , सामाजिक सद्भाव र विश्वास विरुद्ध तथा नकारात्मक सन्देश दिने भावका शब्द र सन्देश समेटिएको आरोपमा एक पछि अर्का गायक प्रहरीको अनुसन्धानमा परेका छन् । यही अभियोगमा मङ्ग्लबार पप गायक दुर्गेश थापा पुलिसको फन्दामा परेका थिए भने बिहीबार नेपाली र्‍यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। अश्लील गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएका थिए भने पछिल्ला दिनमा र्‍यापमा उनी निकै अगाडी देखिन थालेका छन् ।