सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र ‘बादशाह जुट’को कार्टुन पोस्टर सार्वजनिक भएको छ । आफूलाई बादशाह ठान्ने दुई युवकको कथा बोकेको चलचित्रको नयाँ पोस्टरमा पनि चलचित्रका मुख्य दुई अभिनेता सुशील र अमिरलाई कार्टुन स्वरूपमा बादशाहको झल्को आउने गरी प्रस्तुत गरिएको छ । आगामी कात्तिक १५ गते प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र निर्देशन जोनी सिंह राणाले गरेका हुन् । चलचित्रमा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ । भने, प्रियंका कार्कीलाई अतिथि कलाकारमा उपस्थित छिन्।
निर्माण पक्षले चलचित्रको पोस्टर, गीत र ट्रेलर इन्टरनेटमा सार्वजनिक भैसकेको छ भने दर्शकले तीनलाई मन पराइरहेका छन् । हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।