बलिउड कलाकार उत्पादन गर्ने खानी भन्दा फरक पर्दैनन् । बलिउडमा काम गर्न पाउनु नै कतिपय कलाकारको सपना नै हुन्छ । त्यो सपना विभिन्न देशका कलाकारको मात्र नभएर नेपाली कलाकारको पनि छ । त्यसैकारण बलिउडमा आफ्नो परिचय बनाउन धेरै नै विदेशी कलाकारहरू सघर्ष गरिरहेका हुन्छन् । बलिउडलाई धेरै देशका कलाकारले काम पाउने ठाउँ भनेर पनि भनिन्छ । बलिउडमा बाह्य देशका कलाकार जो आफ्नो मेहनत र परिश्रमले स्थापित भएका कलाकारहरू थुप्रै छन् । जसमा नेपाल पनि पर्छ  । बलिउडमा मेहनत गरेर आफ्नो पहिचान बनाउने कलाकारहरुमा मनिषा कोइराला, उदित नारायण झा, सुनिल थापा उदाहरण हुन् । आज हामी चर्चा गर्दैछौ बलिउडमा नाम र दाम कमाउने कलाकारहरुको बारेमा :-


१.मनिषा कोइराला  


अभिनेत्री मनिषा कोइला बलिउडकी चर्चित नायिका मध्येकी एक हुन् । नेपालमा जन्मिएकी मनिषा पढाइको सिलसिलामा भारत पुगेकी थिइन् । पढाइकै क्रममा मोडलिङ हुदैँ चलचित्र काम गर्न थालेकी हुन् । उनले सन् १९९१मा सौदागर चलचित्रबाट बलिउड डेव्यु गरेकी थिइन् । ९० दशककी चर्चित नायिका मनिषाले अकेले हम अकेले तुम , अग्नि साक्षी, मन, मेहबुबा लगायत थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । बलिउडको साथै कोइरालाले नेपाली चलचित्र ‘फेरि भेटौला’ र ‘धर्मा’मा काम गरिसकेकी छिन् । चलचित्रमा सक्रिय भइरहन्दा उनले सन् २०१० मा नेपालका सम्राट दाहालसँग विवाह गरिन् । तर उनको विवाह सफल भएन् । २०१२ मा सम्राटसँग उनको डिभोर्स भएको थियो । हालै क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषाले यही वर्ष बलिउड चलचित्र ‘डियर माया’ मार्फत कमब्याक गरिन् । ‘डियर माया’बाट मनिषाले प्रशंसा बटुलेकी थिइन् । हाल उनी केही समयको लागी नेपालमा छिन् । 

२.उदितनारायण झा 

नेपालमा एक समयका चर्चित अनि व्यस्त गायक हुन् –उदितनारायण झा । उनले गाएका कैयौ नेपाली गीतहरू हिट छन् । नेपालको सप्तरीमा जन्मिएका गायक झाले सन् १९८० मा पहिलो बलिउड गीत गाउने मौका पाएका थिए । त्यसपछि झाले बलिउडमा लगातार गीतहरू गाउने मौका पाए । तर जब उनले ‘डर’ चलचित्रको ‘जादु तेरी नजर खुस्बु तेरा बदन ’बोलको गीतमा आवाज दिए त्यसपछि उनको आवाजको चर्चा बलिउडमा चुलिन गयो । उदितले बलिउडमा मात्र नभएर साउथ चलचित्रका गीतहरुमा पनि आवाज दिएका छन् । सन् १९८० देखि बलिउड गायकमा व्यस्त झाको यात्रा अझै कायमै छ । 

३.सुनिल थापा 

बलिउडमा आफ्नो पहिचान बनाउँदै गर्ने नेपाली कलाकारमा सुनिल थापा पनि एक हुन् । नेपाली चलचित्रमा राते काँइला भनेर चिनिने थापाले नेपालीको साथै बलिउडका आधा दर्जन चलचित्रमा काम गरिसकेका छन् । थापाले बलिउडमा एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, अलवेला, नसिववालामा काम गरिसकेका छन् । थापाको चर्चा बलिउड चलचित्र मेरी कोमबाट अझ बढी भएको थियो । उनले उक्त चलचित्रमा बलिउड अभिनेत्री  प्रियंका चोपडासँग काम गरेका थिए । यति बेला कलाकार सुनिल थापा नेपाली चलचित्र ‘शेरबहादुर’को सुटिङमा व्यस्त छन् । 

४.भोलाराज सापकोटा 

कलाकार भोजराज सापकोटा बलिउडमा काम गर्ने नेपाली कलाकार मध्येका एक हुन् । उनी नेपालमा थिएटर तिर पनि सक्रिय छन् । सन् २०१२ मा भोलाले रणबीर कपूर र प्रियंका चोपडा अभिनित चलचित्र ‘बर्फी’मा अभिनय गरेका थिए । उक्त चलचित्रबाट उनको चर्चा बढेको थियो । बुझिए अनुसार भोला अनुराग बासुको आगामी चलचित्रमा काम गरिरेका छन् । 

 

५ .विल्सन विक्रम राई 

नेपालका चर्चित हास्य कलाकार हुन् – विल्सन विक्रम राई । हाँस्य ब्यङग्यमा राम्रो पहिचान बनाएका विल्सनले ‘ भाइ मस्ट बी क्रेजी’ चलचित्रबाट बलिउडमा डेव्यु गर्न कुरा भएको थियो । जसमा शाहिद कपुर, पंकज कपुर ,सुनिल ग्रोभर ,सुनिल थापा लगाएतका कलाकारको अभिनय रहने छ । तर उक्त चलचित्रको बारेमा केही खबर बाहिरिएको छैन । विल्सन हालैमात्र सलमान खानसँग चलचित्र ‘वान्टेड’मा काम गरेकी नायिका आयशा टाँकियासँग स्किृन सेयर गर्दै छन् । उक्त चलचित्रको सुटिङ केही समय अगाडी नै सकिएको विल्सनले जानकारी दिएका थिए । बलिउडका स्थापित कलाकारहरुसँग काम गर्न पाएका  विल्सनको बलिउड करियरले कस्तो मोड लिने हो त्यो भने भविष्यले नै बताउनेछ ।