निर्देशक सत्यराज चौलागाईको निर्देशनमा चलचित्र 'अन्तरे' बन्ने भएको छ । यसअघि ‘अनुराग’ को निर्देशकको भूमिका निभाएका उनले रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'अन्तरे'लाई पनि निर्देशन गर्ने भएका हुन् । समसामयिक कथामा बन्ने चलचित्रमा राज पण्डित र सुवास राईले लगानी गर्दैछन । चलचित्रको मुख्य पात्र ‘अन्तरे’ को खोजी भइराखेको निर्देशक सत्यराज बताउँछन् । उनी अन्तरे पाउने बित्तिकै फ्लोरमा जान रेडी छन् । चरित्रात्मक चलचित्र भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने कलाकारसँग कुरा गरिराखेको निर्देशकको भनाइ छ । ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने उनले प्रतिबद्धता जनाएका छन् ।