‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ वीरगन्जमा आयोजना हुने भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा यही कार्तिक २१ देखि ३३ सम्म आयोजना हुने महोत्सवले त्यहाँका जनतासँग सिनेमाको आत्मीयता बढाउने लक्ष्य आयोजकले राखेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरी महोत्सवको घोषणा गरिएको हो जसमा उद्योग वाणिज्य महासङ्घ अध्यक्ष भवानी राणाको प्रमुख अतिथि को रूपमा उपस्थित थिए । कार्यक्रममा चलचित्र कलाकार सङ्घको अध्यक्ष रविन्द्र खड्का, निर्माता माधव वाग्ले, कलाकार दीपकराज गिरी, सुनिल कटुवाल र अन्य थुप्रै सङ्घ संस्थाको पदाधिकारीको समेत उपस्थिति रहेको थियो । तीन दिने महोत्सवमा चलचित्र कर्मी, वितरक, प्रदर्शक र पत्रकारको बाक्लो उपस्थिति रहने बताइएको छ ।
साथै नेपालसँगै भारतबाट पनि कलाकार, लेखक, छायाँकारलाई अतिथिको रूपमा भित्र्याइने सङ्घले जानकारी दिएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरू र सिनेमा क्षेत्र बिचको दुरी कम गराइ सिनेमा उद्योग प्रति लगानीमा आकर्षण बढाउने उद्देश्यले सुरु गरिएको यस महोत्सव हरेक वर्ष नेपालका भिन्न भिन्न ठाउँमा आयोजना गरिने छ ।