शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'पोइ पर्यो काले' को प्रतिक्रिया लिन चलचित्रका केही कलाकार हलसम्म पुगेका छन् । चलचित्रका प्रमुख दुई कलाकार पूजा शर्मा र आकाश खड्का शुक्रवार अपराह्न चाबहिल स्थित गोपी कृष्ण हल पुगेका थिए । शिशिर राणाको निर्देशनमा बनेको चलचित्रले बलिउडका दुई प्रतीक्षित चलचित्रका कारण मल्टिप्लेक्स हरूमा न्यून सोज पाएका छन् । यस कारण पनि दोस्रो दिनबाट दर्शक तान्न र सोज सङ्ख्यामा वृद्धि गर्नको लागी चलचित्रले वर्ड अफ माउथ बलियो बनाउनुपर्ने देखिन्छ ।
चलचित्र हेर्ने दर्शकको भिड उल्लेख्य उपस्थित रहेको थियो । जसले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रमा पूजा र आकाशको भूमिका दर्शकले निकै मन पराएका छन् भने समग्रमा पैसा असुल चलचित्र बनेको दर्शकको भनाइ छ । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ । किरण नेपाली प्रस्तुत कर्ता रहेको चलचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी रहेको छ ।