गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । नयाँ चलचित्रको घोषणा, चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि नयाँ चलचित्रको रिलिज यिनै बिच नेपाली रजतपटको यो हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी यो हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता । 
बिपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को छायाङ्कन सकिएको छ । दसैँ अघि र पछि दुई सेड्युलमा ३३ दिनमा चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको हो । ‘सेल्फी किंङ’को नामले परिचित एक चर्चित हास्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रलाई विशाल सापकोटाले निर्देशन गरेका छन् ।
साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको आर्यन सिग्देल स्टारर चलचित्र ‘च च हुई’को ट्रेलर रिलिज भएको छ । काग तिहारको अवसरमा निर्माण टिमले कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । दुई बेकामे युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावको कथा बोकेको चलचित्रमा आर्यन सिग्देल, भोलाराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङ लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

सामाजिक सद्भाव र विश्वास विरुद्ध तथा नकारात्मक सन्देश दिने भावका शब्द र सन्देश समेटिएको आरोपमा एक पछि अर्का गायक प्रहरीको अनुसन्धानमा परेका छन् । यही अभियोगमा मङ्ग्लबार पप गायक दुर्गेश थापा पुलिसको फन्दामा परेका थिए भने बिहीबार नेपाली र्‍यापर तथा गायक समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । भिटेनलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।
निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र 'घामड शेरे'ले प्रदर्शनको सँघारमा आएर प्रदर्शन मिति दुई हप्ता पर सारेको छ । कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र अब कार्तिक २२ बाट प्रदर्शन हुने भएको छ । चलचित्रलाई चलचित्रको ठुलो व्यापार गर्ने चेन क्युफएक्सले राम्रो सोज नदिँदा तोकिएको समयमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्माण पक्षले बताएको छ ।
‘सूर्य इन्टरनेशनल अवार्ड' को दोस्रो शृङ्खलामा टप ३ मा पर्न सफल प्रतिस्पर्धीको नाम सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी टप ३ सार्वजनिक गरिएको हो भने कार्यक्रममा अवार्ड आउँदो नोभेम्बर २४ मा टोकियोमा हुने जानकारी गराइयो । यस पटक ६ फिल्म र ६ सङ्गीतका विधालाई समेटिएको छ । नोमिनेशनलाई परेकालाई आयोजककै व्यवस्थापनमा टोकियो लगिने जानकारी दिइयो । 

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

सुनिल गुरुङको निर्देशनमा निर्माण बनेको चलचित्र 'माछा माछा'को ट्रेलर सार्वजनिक भएको छ । चर्चित र सफल चलचित्र 'कबड्डी'को मेकर्सले निर्माण गरेको चलचित्रको सार्वजनिक ट्रेलरबाट चलचित्र कमेडी र सस्पेन्सले भरिपूर्ण रहेको अनुमान लगाउन सकिन्छ । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य तीन कलाकार सौगात मल्ल, विजय बराल र अनोज पाण्डेले एक व्यक्तिको हत्याको सुपारी लिन्छन् र सोही काम सम्पन्न गर्न उनीहरूले गरेको यात्राको वरिपरि चलचित्र घुम्ने बुझिन्छ ।
अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको सहकार्यमा चौथो चलचित्र निर्माण हुने भएको छ । यी दुई कलाकारको मुख्य भूमिका रहेको चलचित्र ‘पोइ पर्‍यो काले’ शुक्रवारदेखि प्रदर्शनमा आएको छ । यसै चलचित्रको रिलिजको अवसरमा पूजा र आकाशको प्रमुख भूमिका रहने चलचित्र ‘सम्झना बिर्सना’को शुभ-मुर्हुत गरिएको हो । शुक्रवार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको चलचित्र प्रेमकथामा आधारित रहनेछ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ वीरगन्जमा आयोजना हुने भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा यही कार्तिक २१ देखि ३३ सम्म आयोजना हुने  महोत्सवले त्यहाँका जनतासँग सिनेमाको आत्मीयता बढाउने लक्ष्य आयोजकले राखेको छ ।
गैर आवसिय नेपालीहरूको सङ्गठन ‘एनआरएनए’का नव निर्वाचित पदाधिकारीहरूलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । केही दिन अघि कुमार पन्तको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिका विजयी पदाधिकारीहरूको उपस्थिति रहेको सम्मान कार्यक्रमका प्रमुख अतिथि संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई र श्वेताश्री फाउन्डेसनकी अध्यक्ष नायिका श्वेता खड्काले संयुक्त रूपमा विजयीलाई बधाई ज्ञापन गरेका थिए ।
पछिल्ला केही दिन यता मिडिया हब र टेलिसिरियल भद्रगोलबाट छुट्टिएर शृङ्खला सक्किगोनी निर्माण गरेका पाँडे र जिग्रीको टिम बिचको विवादले हलचल मच्चाएको थियो । अब भने नेपाल टेलिभिजनबाट प्रदर्शन हुँदै आएको हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिम र ‘मिडिया हब’ बिचको विवाद टुगिंएको छ । आगामी दिनमा दुवै पक्षले विवादित कुरालाई नउठाउने सहमतिमा विवाद टुगिंएको हो ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा

पछिल्लो समय निकै चर्चामा आएका अघोरी बाबाले केही दिन अघि विवाह गरेका छन् । आफ्नो मन र विचार मिल्ने तथा आफूलाई निकै माया गर्ने मान्छे भेटेकाले विवाह गरेका बाबाको जीवनमा मेल खाने भनिएको चलचित्र 'पोइ पर्‍यो काले' का मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठले बाबाको जोडीसँग भेट गरेका छन् । चलचित्र शुक्रवारदेखि प्रदर्शन भइरहेको छ ।  
शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र 'पोइ पर्‍यो काले' को प्रतिक्रिया लिन चलचित्रका केही कलाकार हलसम्म पुगेका छन् । चलचित्रका प्रमुख दुई कलाकार पूजा शर्मा र आकाश खड्का शुक्रवार अपराह्न चाबहिल स्थित गोपी कृष्ण हल पुगेका थिए । चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारको पनि अभिनय रहेको छ ।

नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा नेपाली रजतपटका सात दिन तस्बिरमा