फिल्म ‘होस्टेलको दोस्रो भागबाट चर्चामा आएका अभिनेता सुशील श्रेष्ठ अभिनीत चलचित्र ‘बादशाह जुट’ कार्तिक १५ गते रिलिज हुँदै छ । चलचित्रमा उनी एक पत्रकारको भूमिकामा देखिएका छन् जो अहिलेका चर्चित अनि नेपालीको मनमा बस्न सफल पत्रकार रवि लामिछानेबाट प्रभावित हुन्छन् । आफूलाई बादशाह सम्झने दुई युवकको कथा रहेको चलचित्रमा आमिर गौतम र सुशीलले दुई युवकको भूमिका निभाएका छन् । रवि लामिछानेजस्तो मने र फेम कमाउन चाहने सुशीलका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा निर्माण पक्ष तथा कलाकार प्रचारप्रसारको लागी जुटिरहेका छन् । यसैबिच चलचित्रका निर्देशक जोनी सिंह राना, नायिका  केइशा रावत, र नायक सुशील सँगको बादशाह जुट कुराकानीमा चलचित्रमा जानीजानी ट्विस्ट र अन्योल सृजना गरिएको निर्देशक जोनी बताउँछन् । उनका अनुसार चलचित्रको नाम र सार्वजनिक भएको ट्रेलरको तालमेल नमिलेको जस्तो देखिने भए पनि चलचित्रले नामलाई न्याय गर्ने छ । आफूले ट्रेलरमा जानी जानी फरक तरिकाले चलचित्रको कथा बस्तु प्रस्तुत गरिएको र चलचित्रले दुई युवाको जीवनको खेल र सपनाको सङ्घर्षको कथा बोकेको उनको भनाइ छ ।

यसै गरी चलचित्रका नायक सुशीलका अनुसार चलचित्रमा आफूले पहिलो पटक फरक भूमिका निभाएको र आफू यसमा निकै खुसी रहेको बताउँछन् । ट्रेलर हेरेपछि आफूले गरेको काम दर्शकले मन पराएको भन्दै उनी चलचित्रमा काम गर्दा छुट्टै किसिमको रमाइलो भएको सुनाउँछन् । दर्शकले नाम अनुसार कुनै फरक कथा बस्तु सम्झनु सामान्य भएको र दर्शकलाई अन्योलमा राख्नु चलचित्र प्रति कौतूहल सृजना  भएको र चलचित्र हेरेपछि यसको राज खुल्ने उनीहरूको विश्वास छ । जसरी तास खेलमा सम्पूर्ण कार्डको महत्त्व छुट्टै हुन्छ उसै गरी चलचित्रमामा पनि आफ्नो छुट्टा छुट्टै अस्तित्व भएका पात्रहरूको कथा रहेको छ जोनी बताउँछन् । साथै चलचित्रका नायक सुशील पनि वास्तविक जीवनमा आफू रवि को निकै ठुलो फ्यान भएको र चलचित्रमा उनको फलोअरको भूमिका निभाउन पाउँदा आफू निकै खुसी भएको सुनाउँछन् । दुई वर्ष पछि ब्याक भएका उनी यस चलचित्रलाई लिएर निकै उत्साहित छन् । चलचित्रमा डेब्यु नायिका केइशाले प्रहरीको भूमिका निभाएकी छिन् ।

कडा स्वभाव भएकी पुलिस अफिसरको भूमिका निभाएकी उनले चलचित्रमा जिद्दी, कडा स्वभावको भूमिका निभाउँदा र त्यही भूमिकामा लामो समय बिताउँदा आफूमा फरक स्वभाव आएको बताउँछिन् । चलचित्रले पत्रकार र पुलिस मिल्यो भने के हुन्छ र कहाँ सम्म पुगिन्छ भन्ने देखाउन खोजिएको उनीहरूको भनाइ छ । 'बादशाह जुट'ले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा टिम  ढुक्क रहेको बताउँछन् ।चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।