तपाईँ विवाह पार्टीमा बलिउड अभिनेता रणवीर सिंहलाई बोलाउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने दीपिकालाई सम्पर्क गर्नुस् । बुधवार बलिउडका निकै चर्चित एवम् दर्शकको मनमा बस्न सफल नायक रणवीर सिंहले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक सेल्फी सार्वजनिक गर्दै विवाह, पार्टीमा आफूलाई बोलाउन चाहेमा आफू उपलब्ध भएको भनी क्याप्सन राखेका छन् । यसै पोस्टमा कमेन्ट गर्दै उनकी पत्नी अभिनेत्री दीपिका पादुकोणले त्यसको लागी आफूलाई सम्पर्क गर्न अनुरोध गरेकी छिन् । रणवीरले निलो सेरवानीमा खिचेको यो सेल्फी र क्याप्सन यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस रिल लाइफ र रियल लाइफ कपाल ले गरेको मजाकलाई उनका फ्यान फलोअर्सले निकै रुचिका साथ प्रतिक्रिया दिइरहेका छन् । यति बेला यो जोडी चलचित्र '८३' मा व्यस्त छन् । फिल्म २०२०को बिचमा प्रदर्शनमा आउने तयारी भइरहेको छ ।