आमा बन्नु हरेक महिलाको लागी निकै उत्साहजनक र खुसीको अवसर हो भने निकै महत्त्वपूर्ण अवस्था पनि हो । जीवनको यती ठुलो अवसर यसले ल्याउने परिवर्तन र जीवनमा भर्ने रङ्गलाई जीवनभरि सम्झन गर्भावस्थालाई तस्बिरमा कैद गर्ने रहर सबैमा हुन्छ । यसै रहरलाई जीवन्त पार्ने काम पनि पछिल्लो समय धेरैले गर्ने गरेका छन् ।

सृजना सुब्बाको बोल्ड प्रेग्नेन्सी फोटो सुट सृजना सुब्बाको बोल्ड प्रेग्नेन्सी फोटो सुट

अभिनेत्री सिर्जना सुब्बा अहिले आमा बन्ने तयारीमा छिन् । करिब दुई साता पछि उनी आफ्नो सन्तानलाई यस धर्तीमा स्वागत गर्ने तयारीमा छिन् । उनै सृजनाले आठ महिनाको गर्भावस्थामा प्रेग्नेन्सी फोटोसुट गराएकी छिन् ।

सृजना सुब्बाको बोल्ड प्रेग्नेन्सी फोटो सुट सृजना सुब्बाको बोल्ड प्रेग्नेन्सी फोटो सुट

बोल्ड अवतारमा फोटोसुट गराएकी उनले केही तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा साझेदारी गरेकी छिन् । गर्भावस्थामा नाटकमा अभिनय समेत गरेकी उनले आमा बन्नु अवसर गुमाउनु नभै आफूलाई नयाँ स्वरूप दिनु हो र नयाँ अवसरको बाटो खुल्नु हो भन्नेमा विश्वास राख्छिन् ।  ​​​​​​​